नेविसंघमा ३२ वर्षे उमेरहद खारेज | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

नेविसंघमा ३२ वर्षे उमेरहद खारेज

nabisang

कविता कार्की

काठमाडौं, २९ भदौ । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले गत महाधिवेशनबाट पारित गरेको ३२ वर्ष उमेर हद नयाँ अधिवेशन आउनै लाग्दा खारेज गरेको छ ।

केन्द्रीय समितिको बैठकमा उमेर हदका विषयमा छलफल मात्र गरेर तीन महामन्त्री र अध्यक्षले गरेको खारेजी पार्टी नेतृत्वले अनुमोदन गरेमा लागु हुने छ ।

विद्यार्थी राजनीति गर्न कम्तिमा पनि विद्यार्थी हुनुपर्छ र विद्यार्थी हुन बढिमा ३२ वर्षसम्मको उमेर मान्य हुने बहसपछि गत ११ औं महाधिवेशनबाट नेविसंघले ३२ वर्षे उमेरहद लागु गरेको थियो ।

त्यसवेला पनि एकपटकका लागि भन्दै ४० कटेकाहरुले नेतृत्व प्रतिस्पर्धामा भाग लिएकोमा यो नीति अर्को अधिवेशन देखि लागु हुने भन्दै थाति राखिएको थियो । तर, नेतृत्वमा देखिएको जाम र पार्टी नेताको आफू निकटकालाई च्याप्ने प्रवृतिका कारण पुन नेविसंघ पुराना नेताहरुकै नेतृत्वमा जाने संकेत देखिएको हो ।

नेविसंघका आगामी महाधिवेशनबाट आकांक्षिहरु भने ३२ वर्षे उमेर हद लागू गरे आगामी कात्तिकका लागि आह्वान गरिएको महाधिवेन नैं नहुनसक्ने दावी गर्छन् । १२ औं महाधिवेशनमा समेत दवावकै कारण उमेर हद राखेको भन्दै अहिले पनि दवावकै कारण यो व्यवस्था हटाएको उनीहरुको भनाई छ ।

महामन्त्री सरोजकुमार थापा त उमेर भन्दा महत्वपूर्ण महाधिवेशन भएको भन्दै महाधिवेन सुनिश्चित गर्नकै लागि उमेरहद हटाएको दावी गर्छन् । नेविसंघले आगामी कार्तिक १६ देखि १८ सम्म १२ औं महाधिवेशनको मिति तय गरेको छ।

नेविसंघको संशोधित विधानमा अब केन्द्रीय कार्यसमिति सानो आकारको हुने र अनुमोदनका लागि पार्टीसमक्ष पेश गरिएको संशोधित विधानमा केन्द्रीय समितिको आकार एकसय ५१ सदस्यीय केन्द्रीय समितिलाई घटाएर एक सय पाँचमा सिमित गर्न प्रस्ताव गरिएको छ ।

जसमा ८५ जना निर्वाचित र २० जना मनोनित हुने व्यवस्स्था गरेको छ । नेविसंघले बुझाएको प्रस्तावित विधानको मस्यौदा कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले अनुमोदन गरेपछि लागु हुनेछ ।

कांग्रेसले पार्र्टी विधान अनुसार पार्टीका विभाग र समिति बनाउन नसकेर महाधिवेशनको अढाइ वर्ष एत्तिकै गुजारेको छ । आफै अव्यवस्थित भएको कांग्रेसका भातृ संगठनमा पनि उही रोग देखिएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);