कोशी अञ्चल अस्पतालमा राती ११ बजेपछि इमर्जेन्सिमा समेत डाक्टर बस्दैनन् | ईमाउण्टेन समाचार

Our Network

वैशाख २४ २०८१, सोमबार

कोशी अञ्चल अस्पतालमा राती ११ बजेपछि इमर्जेन्सिमा समेत डाक्टर बस्दैनन्

मोरङ, २९ भदौ । गाउँ गाउँमा स्वास्थ्य केन्द्र भएपनि डाक्टर नभएको गुनासो बारम्बार आईरहन्छ । हुँदा हुँदै अञ्चल अस्पताल विराटनगरको अवस्था पनि त्यस्तै देखिएको छ ।

विराटनगरमा रहेको कोशी अञ्चल अस्पतालले सेवा प्रभाव चुस्त दुरुस्त बनाउनु त परै जावस् रातीको समयमा डाक्टरसमेत भेट्न मुस्किल पर्न थालेको छ । अस्पतालमा रातीको समयमा ४ जना कर्मचारीको दरवन्दी रहेको छ । तर, राती ११ बजेपछि इमरजेन्सी सेवामा कुनै डाक्टर भेटिदैनन् ।

अञ्चल अस्पताल अहिले रातीको समयमा अनमी, हेल्परको भरमा चलिरहेको छ । यस अस्पतालको गुनासो वारम्वार आएपछि माउन्टेन प्रदेश १ टिभिका संञ्चारकर्मीहरु गत वुधवार रातभरी कोशी अञ्चल अस्पतालमा समाचार संकलनमा जुटेका थिए । तर, त्यो दिन कोहीपनि डाक्टर रातीको समयमा आएनन् ।

स्वास्थ्य जस्तो संवेदनशिल क्षेत्रमा विराटनगर स्थित अञ्चल अस्पतालले वारम्वार लापरवाही गर्दै आईरहेको छ । यस विषयमा प्रतिक्रिया लिन खोज्दा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्ड रोसान पोखरेलले कुनै प्रतिक्रिया दिन मानेनन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);