कोसी अञ्चल अस्पतालमा सवारी साधनको दुरुपयोग | ईमाउण्टेन समाचार

Our Network

वैशाख १० २०८१, सोमबार

कोसी अञ्चल अस्पतालमा सवारी साधनको दुरुपयोग

विराटनगर, २८ पुष  । कोसी अञ्चल अस्पताल विराटनगरको स्वामित्वमा रहेको सरकारी गाडी र ड्राइभर निजी काममा प्रयोग हुने गरेको पाइएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डाक्टर रोशन पोखरेलले घरायसी काममा अस्पतालको गाडी प्रयोग गर्ने गरेको पाइएको हो । बा. २ झ २७९० नम्बरको सरकारी गाडी डाक्टर पोखरेलले छोराछोरीलाई दैनिक विद्यालय पुर्याउन, श्रीमतीलाई कार्यस्थलसम्म पुर्याउन र व्यक्तिगत कामकाजमा समेत प्रयोग गर्ने गरेका छन् । डाक्टर पोखरलेले अस्पतालकै ड्राइभरको सहयोगमा घरायसी कामकाजमा गाडी प्रयोगमा ल्याउने गरेको स्थानीय बताउँछन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);