इलाममा सञ्चालित ‘अन्तु कटेज’मा आगलागी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

इलाममा सञ्चालित ‘अन्तु कटेज’मा आगलागी

इलाम, २८ पुष । इलामको पर्यटकीय क्षेत्र, श्री अन्तुमा सञ्चालित ‘अन्तु कटेज’मा आगलागी भएको छ ।

सूर्योदय नगरपालिका–४ मा रहेको कटेजमा आज बिहान करिब ५ बजे भएको आगलागीमा कटेजको स्टोर रुम र बार पूर्ण रूपमा जलेको छ । आगलागीबाट साढे नौ लाखबराबरको क्षति पुगेको सञ्चालक धरणी घिमिरेले जानकारी दिए ।

आगलागी कारण भने खुल्न सकेको छैन । आगलागीका विषयमा अनुसन्धान भइरहेको अन्तु प्रहरी चौकीका इन्चार्ज विमलकुमार निरौलाले बताए । अन्तु कटेज,धरणी घिमिरे सहित कमल घिमिरे, राजन ताम्राकार, कुमार श्रेष्ठ र हेमसागर पौडेलले सञ्चालन गरेका हुन् ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);