काठमाडौंमा पेट्रोल पम्पसँगै रहेका टहराहरुमा आगलागी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

काठमाडौंमा पेट्रोल पम्पसँगै रहेका टहराहरुमा आगलागी

काठमाडौं । काठमाडौंमा एक पेट्रोल पम्पसँगै रहेका टहराहरुमा आगलागी भएको छ ।

काठमाडौं जिल्ला टोखा नगरपालीका वडा नं. १० स्थित सामाखुसी चोकबाट टोखा जाने सडक खण्डमा पुरुषोत्तम मानन्धरद्वारा सञ्चालित आकाश जोगिनी पेट्रोल पम्पसँगै रहेको टहराहरुमा आगलागी भएको हो ।

आगलागि अहिले नियन्त्रणमा आएको प्रहरीले जनाएको छ । काठमाण्डौ महानगरपालीकाबाट–१, बालाजु औद्योगिक क्षेत्रबाट–१, बूढानीलकण्ठ नगरपालीकाबाट–१ र प्रहरीको वाटर क्यानन–१ गरी ४ वटा दमकलहरु र ५ वटा पानी ट्याङ्करहरुसमेत प्रयोग गरी आगलागी नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

घटनामा मानवीय क्षति भएको छैन् । अन्य क्षतिको विवरण आउन बाँकी रहेको छ । आगोलागीको कारण भने खुलेको छैन् । घटनाको सम्बन्धमा प्रहरी वृत्त महाराजगञ्‍जबाट थप अनुसन्धान भई रहेको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);