पोखरा विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्नेबारे छलफल सकारात्मक छः प्रधानमन्त्री | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

पोखरा विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्नेबारे छलफल सकारात्मक छः प्रधानमन्त्री

काठमाडौं, १३ असोज ||
प्रधानमन्त्री पुष्पकमल दाहालले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा चीनबाट सोझै हवाई उडान गर्ने र दुई देशको हवाई उडानबीच सहकार्य गर्न प्रोत्साहन गर्नेबारेमा सकारात्मक छलफल भएको बताउनुभएको छ । शनिवार अमेरिका र चीन भ्रमणपछि स्वदेश फर्किएसँगै विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले चीनसँगको व्यापार, लगानी, अन्तरदेशीय यातायात सञ्जाल र आर्थिक सामाजिक साझेदारी वृद्धि गर्दे लैजाने बारेमा छलफल भएको बताउनु भयो । उहाँले दुई देशबीच भएको समझदारीहरु र अन्तर्राष्ट्रिय मूल्य मान्यता र सिद्धान्तमा आधारित भइ अघि बढाउने सहमति भएको पनि बताउनु भयो । उहाँले । नेपालको आवश्यकताअनुसार चिनियाँ पक्षले अरनिको राजमार्ग मर्मत परियोजनाको चौथो चरण शुरु गर्ने सहमति भएको बताउनु भयो । उहाँले स्याँप्रुबेसी रसुवागढी रसडक मर्मतका लागि चिनियाँ पक्ष तयार भएको र हिल्सा सिमिकोट सडकको अध्ययन सम्भाव्यता अध्ययन गरी अघि बढाउन सहमत भएको बताउनु भयो । उहाँले चीनसँग टोखा—छहरे सुरुङ मार्गको सम्भाव्यता अध्ययनलाई तिब्र गतिका साथ अघि बढाउने, काठमाडौं चक्रपथ सडकको दोस्रो चरणको कार्यान्वयनलाई तिब्रता दिने सहमति भएको पनि बताउनु भयो । उहाँले नेपाल—चीन रेल्वे सहयोगका लागि कार्यदलको आठौँ बैठक छिटै गर्नेमा सहमति लगायत १२ वटा समझदारी पत्रमा हस्ताक्षर भएको बताउनु भयो । उहाँले नेपाल र चीनबीच परम्परागत नाकाका अतिरिक्त अन्तर्राष्ट्रिय व्यापार नाका सञ्चान हुने बताउनु भयो । उहाँले मुस्ताङको कोरला नाका खोल्नुका साथै किमाथांका र ओलङचुङगोला चाँडै सञ्चालनमा ल्याउने सहमति भएको बताउनु भयो । उहाँले मुस्ताङको कोरला नाकामा चीनले पूर्वाधारमा सहयोग गर्ने सहमति भएको बताउनु भयो । प्रधानमन्त्री दाहालले तिब्बत र नेपालको रेल, सडक, हवाईसेवा विद्युत प्रशारण लाइन सबै क्षेत्रबाट जोडेर ट्रान्स हिमालयन मन्टी डाइमेन्सनल कनेक्टीभिटीको विषयलाई व्यवहारमा उतार्नेबारेमा छलफल भएको र लासाबाट काठमाडौं हवाई सेवा पुनः सुचारु गर्नसमेत अनुरोध गरेको बताउनु भयो ।

प्रधानमन्त्री दाहालले नेपाल लगायत अतिकम विकसित देशहरुले दिगो विकासका लक्ष्यहरुको प्राप्तिमा भोगेका समस्या र त्यसको समस्याका लागि दोहा कार्ययोजनालाई मूर्त रुप दिन र विकास साझेदारबाट श्रोत साधन र प्राविधिक सहयोग हुनुपर्नेमा अमेरिका भ्रमणमा विशेष जोड दिएको बताउनु भयो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);