आङसाङ सुकीलाई प्रदान गरिएको एम्बेसेडर अफ कन्साइन अवार्ड फिर्ता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

आङसाङ सुकीलाई प्रदान गरिएको एम्बेसेडर अफ कन्साइन अवार्ड फिर्ता

रोहिंगा शरणर्थीमाथि सुकी सरकारले दमन गरेको एमनेष्टीको आरोप :

एजेन्सी, २७ कात्तिक । अन्तर्राष्ट्रिय मानव अधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले म्यान्मारकी नेतृ आङसाङ सुकीलाई दिएको प्रतिष्ठित मानवअधिकार सम्बन्धी अवार्ड फिर्ता लिएको छ ।

म्यान्मारमा सुकीको सरकारले अल्पसंख्यक मुस्लिम समुदाय रोहिंग्यामाथि गरेको दमनको विषयलाई लिएर सो अवार्ड फिर्ता गर्नुपरेको एम्नेस्टीले जनाएको छ ।

सन् १९९१ नोबेल शान्ति पुरस्कार विजेता प्रजातन्त्रवादी नेतृ सुकीले मार्टिन लुथर किंग र महात्मा गान्धीको अहिंसावादी आन्दोलनको शैलीबाट प्रभावित भएर सन् १९८८ मा पहिलोपटक प्रजातान्त्रिक सुधार र स्वतन्त्र निर्वाचनको निम्ति आन्दोलनको नेतृत्व गरेकी थिइन् ।

तत्कालीन प्रतिपक्षी पार्टीकी प्रमुख सुकीलाई सन् १९८८ मा भएको सैनिक कू पछि नजरबन्दमा राखिएको थियो । झण्डै १५ वर्ष लामो नजरबन्दपछि सन् २०१० मा उनलाई मुक्त गरिएको थियो ।

उनलाई सैन्य शासनको विरोध र प्रजातन्त्र तथा मानव अधिकारको पक्षमा प्रतिरोध गरेकाले सन् १९९१ मा नोबल शान्ति पुरस्कार प्रदान गरिएको थियो । सन् २००९मा म्यान्मारमा सैनिक शासन जुन्ता रहेको बेलामा सुकी घरमै नजरबन्दमा थिइन् ।

सोही समयमा अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एम्नेस्टीले उनलाई एम्बेसेडर अफ कन्साइन अवार्ड दिएको थियो । तर, विगतमा राजनीतिक रुपमा पीडित सुकीले अहिले भने आफू सत्तामा आएपछि मानवअधिकारको घोर उल्लंघन गरेको भन्ने आरोप अन्तर्राष्ट्रिय समुदायले लगाउँदै आएको छ ।

एम्नेस्टी इन्टरनेसनलका महासचिव कुमी नाइदोले सुकीलाई पत्र पठाएर उक्त अवार्ड फिर्ता लिइएको जनाएका हुन् । उनी घरमै नजरबन्दमा रहेका बेला प्रजातन्त्र र मानवअधिकारको पक्षमा वकालत गरेकोमा यो अवार्ड पाएकी थिइन् ।

नोबेल शान्ती पुरस्कार विजेता सुकीले रोहिंग्या मुसलमानमाथि भएको हिंसा र ज्यादतीका बारेमा नबोलेका कारण सम्मान फिर्ता लिइएको एम्नेस्टीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);