हामी एमाले बन्ने खतरा छ : प्रचण्ड | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

हामी एमाले बन्ने खतरा छ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी रुपान्तरण हुनुपर्ने बताएका छन् । नत्र विचार र सिद्धान्तविहीन एमालेजस्तै बन्ने खतरा रहेको उनको भनाइ थियो ।

नेपाल बुद्धिजीवी संगठनको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै प्रचण्डले केपी प्रवृत्तिविरुद्ध लड्नुपर्ने बताए । ‘एमालेमा विचार, सिद्धान्त छैन । सूर्य छ । मदन भण्डारी छ । जबज छ । मदन भण्डारीको ठाउँमा केपी ओली बनाउन खोज्या छन् । पद, प्रतिष्ठा र स्वार्थमा मिल्छन्,’ उनले भने ।

दाहालले आफूहरु नसच्चिए बिज्ञापनमा सीमित हुनुपर्ने बताए । ‘एकताका नाममा हामीलाई झुक्याइयो । विचार र विधिपद्धतिका लागि धेरै नै मेहनत गरियो । के को हुन्थ्यो । पछि त तिनका विचार सिचार विज्ञापनमा सीमित भयो । हामी पनि त्यस्तै हुने खतरामा छ । तर बचाउनुपर्छ । रुपान्तरणमा जानुपर्छ । व्यवस्थित गर्नुपर्छ । गरेका छौं,’ उनले भने ।

यसको निम्ति मार्क्सवाद विरोधी प्रवृत्ति विरुद्ध लडाइँ लड्नुपर्ने उनको भनाइ छ । ‘केपी प्रवृत्ति समाजवाद, मार्क्सवाद र सामाजिक रुपान्तरण विरुद्ध छ । यसको व्याख्या हुनुपर्छ । यो गलत हो भन्ने कुरा तथ्य र  तर्कसहित अलि वस्तुवादी रुपले खण्डन र आलोचना गर्ने र माओवादीले लिइराखेको लाइन ठिक भन्ने, तथ्यसहित भन्ने, परिवर्तन र राष्ट्रको पक्षइमा छ यो विचार भनेर बुझाउनुस्,’ उनले निर्देशन दिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);