गौचन हत्या प्रकरणः थप दुईजना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३० २०८१, आइतबार

काठमाडौं, १ मंसिर। निर्माण व्यवसायी महासंघका अध्यक्ष शरदकुमार गौचनको गोली हानी हत्यामा संलग्न थप २ जना अपराधीलाई प्रहरीले काठमाडौंको कपनबाट पक्राउ गरेको छ। उनीहररुसँगै प्रहरीले २ वटा पेस्तोल र १० राउण्ड गोली समेत बरामद गरेको छ।

बरामद भएको दुवै पेस्तोल घटनामा प्रयोग भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका वसन्त थेवे र धनराज योङहाङले गौचन घरबाट बाहिर निस्केको सूचना सुटरलाई दिनुका साथै हत्यामा प्रयोग गरिएको हतियार लुकाउन मद्दत गरेको प्रहरीले दाबी गरेको छ।

मुख्य सुटरसहित ५ जनालाई प्रहरीले ३७ दिनपछि मंगलबार पक्राउ गरी सार्वजनिक गरेको थियो। गएको असोज २३ गते शान्तिनगरस्थित घरबाट निस्केका गौचनलाई दिउँसो पौने ३ बजे मोटरसाइकलमा आएका दुई युवाले गाडीभित्रै गोली हानी हत्या गरेका थिए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);