प्रहरी इन्काउन्टरबाट दिपेन्द्र चौधरीको मृत्यु, एक जनालाई गोली हानी पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

प्रहरी इन्काउन्टरबाट दिपेन्द्र चौधरीको मृत्यु, एक जनालाई गोली हानी पक्राउ

dipendra chaudhari

काठमाडौं, ९ माघ । शंकास्पद गतिविधि गरेको आरोपमा सप्तरीमा प्रहरी इन्काउन्टरबाट बुधबार विहान दिपेन्द्र चौधरीको मृत्यु भएको छ ।

त्यस्तै मंगलवार साँझ राजधानीको गोंगबुस्थित एक होटलमा बसिरहेका काभ्रेका अभिलास तामाङलाई प्रहरीले गोली हानेर पक्राउ गरेको छ । काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द्र बोगटीको नेतृत्वमा गएको टोलीले गोली हानेको जनाइएको छ । तामाङको देब्रे खुट्टामा गोली लागेको प्रहरीले जनाएको छ । तामाङको त्रिभुवन विश्वबिद्यालय शिक्षण अस्पताल, महाराजगञ्जमा उपचार भैरहेको छ ।

प्रहरीका अनुसार गएरातिदेखि होटलमा बसेर तामाङले शंकास्पद गतिविधि गरिरहेको सूचनाको आधारमा प्रहरी टोली त्यहाँ पुगेको र प्रहरीमाथि पेस्तोल देखाएपछि गोली चलाउनु परेको जनाइएको छ । तामाङको साथबाट एउटा पेस्तोल र ६ राउण्ड गोली बरामद भएको प्रहरीको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);