नेपालीकरणका नाममा लाइसेन्स बिक्री | ईमाउण्टेन समाचार

Our Network

असोज १५ २०८३, शुक्रबार

नेपालीकरणका नाममा लाइसेन्स बिक्री

smart-driving-licenses-in-nepal

काठमाडौं, पुस १२ । सुकेधारामा रहेका सवारी चालक अनुमतिपत्र कार्यालयले नेपालीकरण (विदेशी लाइसेन्सलाई नेपालमा मान्यता दिने काम) का नाममा लाइसेन्स बिक्री गरेको भेटिएको छ। यातायात व्यवस्था विभागले डेढ सातापहिले नेपालीकरण गरिएका लाइसेन्सको फाइल झिकाएर छानबिन गरिरहेका बेला गत साता अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सुकेधारा कार्यालयका दुई कर्मचारीलाई घुस लिँदै गर्दा पक्राउ गरेको थियो। यससँगै उक्त कार्यालयले नेपालीकरणकानाममा लाइसेन्स बिक्री गर्ने गरेको पुष्टी भएको छ। यो खबर हामीले आजको कारोबार दैनिकबाट लिएका हौ।

विदेशी लाइसेन्स नेपालीकरणमा अनियमितता भएको उजुरीपछि विभागले सुकेधारा कार्यालयलाई प्राथमिकतामा राखेर अन्य सबै कार्यालयबाट नेपालीकरण गरिएको फाइल मगाएर छानिबिन सुरू गरिएको थियो।