दिपक पाण्डेको हत्या श्रीमती महिमाले गरेको खुलासा | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

दिपक पाण्डेको हत्या श्रीमती महिमाले गरेको खुलासा

कपिलबस्तु । नेकपा माओवादी केन्द्र जिल्ला कमिटी सदस्य दिपक पाण्डेलाई गोली प्रहार गरी हत्या गरिएको घट्ना उनकै श्रीमतिको योजनमा भएको तथ्य सार्बजनिक भएको छ । प्रहरीको लामो अनुसन्धान पछि सोमबार पत्रकार सम्मेलन मार्फत अनैतिक सम्बन्धका कारण श्रीमति महिमाको दबाबका कारण हत्या भएको प्रहरीको अनुसन्धानबाट खुलेको हो ।

कपिलबस्तु नगरपालिका १ आनन्दबाग बस्ने ओमप्रकाश यादव र पान्डे श्रीमति महिमाबिच विगच ५ बर्षदेखि सम्बन्ध रहँदै आएको र पाण्डे र महिमाबिच लामो समयदेखि मनमुटाव हुँदै आएको प्रहरीको अनुसन्धानले देखाएको छ। राज भण्डारीको नेतृत्व अनुसन्धान टोलीले उतm घट्नामा संलग्न ब्यतिmहरु पक्राउ गर्न प्रहरी सफल भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार श्रीमति महिमा पाण्डे र ओम प्रकाश यादवले विगत ३ बर्षदेखि मार्न मान्छेहरु लगाउने गरेपनि अन्तत् जेठ ४ गते पान्डेलाई गोली हानी घाइते बनाई मार्न सफल भएको प्रारम्भिक प्रहरीको अनुसन्धानले देखाएको छ ।

प्रहरीले कपिलबस्तु वडा नं २ बर्दाहवा बस्ने सद्दाम हुसैन सकि र अलीको सँग हतियार खरिद बिक्रीमा सलग्न रहेका कपिलबस्तु यशोधारा गाँउपालिका ४ का राजेश भन्ने ज्ञानेन्द्र कुमार पान्डे हतियार खरिद बिक्रीमा संल्घन भएको र कपिलस्तु नगरपालिका वडा १ मोटे नरसदा अली १ लाखमा हतियार खरिद गरी ओम प्रकास यादवलाई दिएकोमा कपिलबस्तु नगरपालिका वडा २ बरगदहवाका प्रविण गुप्ता सहति सवैलाई अन्तत् प्रहरीले सार्बजनिक गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);