ब्लाउजभित्र लुकाई ल्याउँदै गरेको ब्राउनसुगर सहित ३ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

ब्लाउजभित्र लुकाई ल्याउँदै गरेको ब्राउनसुगर सहित ३ जना पक्राउ

कपिलबस्तु । जिल्लामा ब्लाउजभित्र लुकाई ल्याउँदै गरेको ब्राउनसुगर सहित ३ जना पक्राउ परेका छन् । कपिलबस्तु नगरपालिका वडा नं. २ बर्दहवा स्थित सडकमा सवारी साधन तथा मानिसहरु चेकजाँच गर्ने क्रममा लागु औषध सहित ३ जना पक्राउ गरिएको प्रहरी नायब उपरिक्षक धर्मराज भण्डारीले बताए ।

पक्राउ पर्नेमा  कपिलवस्तु नगरपालिका वडा नं १ नयाँटोल बस्ने वर्ष २७ को राकेश गुप्ता, रकेश गुप्ताको श्रीमति बर्ष २४ की प्रभावती गुप्ता र राकेश गुप्ताको भाई र प्रभावती गुप्ताको देवर वर्ष २२ को बैजु कुमार गुप्ता रहेका छन् ।

उनिहरु तौलिहवा दक्षिणबाट उत्तरतर्फ आईरेहेको ३ जना चढेको यू पि ५५ वि ९४३५ नम्वरको मोटरसाईकललाई रोकी चेकजाँच गर्ने क्रममा पक्राउ गरिएको हो । सोही मोटरसाईकलको पछाडी सवार राकेशको श्रीमती प्रभावती गुप्ताले आफ्नो ब्लाउजबाट कालो रङको प्लाष्टिकको पोका निकाली श्रीमानलाई दिन लागेको अवस्थामा पक्राउ गरिएको नायब उपरिक्षक भण्डारीले बताए ।

उनिहरुबाट २९ ग्राम ७९० मिलि ग्राम लागुऔषध ब्राउन सुगर, नाइट्राभेट १० ट्याबलेट, उइन स्पास्मो १ सय २४ क्याप्सुल फेला पारी बरामद गरिएको छ । उनिहरुलाई नियन्त्रणमा लिई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको प्रहरीले बताए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);