देशैभर चिसो बढ्यो, काठमाडौँको न्यूनतम तापक्रम २.५ | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

देशैभर चिसो बढ्यो, काठमाडौँको न्यूनतम तापक्रम २.५

ktm chiso

काठमाडौं, ३ पौष । सोमबार देखि देशैभरको मौसममा बदली आएको छ । एक्कासी सुरु भएको बदलीसंगै चिसो बढेको छ । बंगालको खाडीको दक्षिण–पश्चिम क्षेत्रमा बनेको चक्रवात फेथाई उत्तर– उत्तर पश्चिम दिशातर्फ सरिररहेकाले नेपालमा यसको असर देखिएको हो । फेथाईका कारण केही ठाउँमा वर्षा र हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौ उपत्यकासहित मुलुकभरका अधिकांसमा स्थानमा सोमवारदेखि वदली भएको छ । वदलीका कारण न्युनतम तामक्रम घट्दै जादा चिसो वढेको छ । बंगालको खाडीको दक्षिण–पश्चिम क्षेत्रमा बनेको चक्रवात फेथाईको प्रभावका कारणले नेपालमा सोमबार र मंगलबार देशको पूर्वी र मध्ये क्षेत्रमा सामान्यदेखि पूर्णतया बदली भइ केही भूभागहरुमा हल्का वर्षा हुने र उच्च हिमाली भू–भागहरुमा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमवार देखि जारी बदलीका कारण काठमाडौ उपत्यकासहित मुलुकका विभिन्न क्षेत्रमा चिसो बढेको छ ।

मंगलवार बिहान काठमाडौँको न्यूनतम तापक्रम २.५ डिग्री सेल्सियस रहेको छ । मंगलवार अधिकतम तापक्रम १५ डिग्री सेल्सियस रहने अनुमान रहेको मौसम पूर्वानुमान विभागले जानकारी दिएको छ । केही दिनयता निरन्तर न्यूनतम तापक्रम घटेकाले क्रमश चिसो बढ्दै गएको महाशाखाले जनाएको छ ।

साथै पश्चिमी क्षेत्रहरुको केही स्थानमा आंशिक रुपमा बदली भई एक दुई स्थानामा हल्का र क्षणिक वर्षा हुने सम्भावना पनि भएको महाशाखाले जनाएको छ ।

एक्कासी चिसो बढेको कारण न्यानो लुगा किन्नेहरुको पशलहरुमा भिडभाड देखिएको छ । चिसो वढेपछि न्यानोका लागि चोक चोकमा आगो ताप्तै गरेको समूह देखिन थालेका छन ।

मौसम पूर्वानुमान विभागका अनुसार मङ्गलबार बेलुकाबाट मौसममा सुधार आउनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);