देशैभर मौसम बदली : काठमाडौँ उपत्यकामा चिसो बढ्यो | ईमाउण्टेन समाचार

Our Network

चैत १४ २०८०, बुधवार

देशैभर मौसम बदली : काठमाडौँ उपत्यकामा चिसो बढ्यो

काठमाडौँ, ३० कात्तिक । आज देशैभरको मौसममा बदली भएको छ । मौसम बदली भएसँगै काठमाडौंमा चिसो बढेको छ । पश्चिमी न्यून चापीय प्रणालीको असरले आज देशका अधिकांश भागमा बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीका साथै उत्तर पश्चिम बंगालको खाडीमा विकसित भएको बलियो खालको न्यून चापीय प्रणालीले नेपालमा पनि असर गरेको मौसमविद् सुवास रिमालले बताए ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार अबको तीन दिनसम्म चिसो बढ्ने देखिन्छ । मौसम बदली भएकाले पूर्व र मध्य भागका एक-दुई स्थान र पश्चिमी पहाडी क्षेत्रका केही भागमा छिटफुट वर्षा हुनुका साथै हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);