शुक्रवार साँझदेखि मौसममा क्रमिक सुधार हुँदै जाने | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

शुक्रवार साँझदेखि मौसममा क्रमिक सुधार हुँदै जाने

mausam

काठमाडौं, २५ पुस । पश्चिमी न्यून चापीय वायुको प्रभावले केही दिनयता प्रभावित मौसम शुक्रबारदेखि सुधार हुँदै गएको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।

गत सोमबार पश्चिमी भू–भाग हुँदै प्रवेश गरेको उक्त प्रणाली उत्तरपूर्वी भू–भाग हुँदै बाहिरिने क्रममा रहेको मौसमबिदले बताएका छन् । शुक्रवार साँझदेखि मौसममा क्रमिक सुधार हुँदै जाने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

राति देशका मध्यपूर्वी भू–भागलगायत पश्चिमी पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पश्चिमी तराईका भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

शनिबार देशका पूर्वी भू–भाग लगायत मध्य तथा पश्चिमी पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने बताइएको छ । आइतबार देशका पश्चिमी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सफा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाले आगामी २४ घण्टाका लागि सूचना जारी गर्दै देशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावनाका साथै उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानमा मध्यमदेखि भारी हिमपात हुने सम्भावना रहेको उल्लेख गरेको छ । हिमपातले जाडो बढ्ने हुनाले चिसोबाट जोगिन तथा यात्रा गर्दा सावधानी अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);