मंसिर ८ र ९ गते मतदाता परिचयपत्र वितरण | ईमाउण्टेन समाचार

Our Network

वैशाख १५ २०८१, शनिबार

मंसिर ८ र ९ गते मतदाता परिचयपत्र वितरण

काठमाडौं, ३० कात्तिक । पहिलो चरणको निर्वाचन हुने ३२ जिल्लामा मंसिर ८ र ९ गते मतदाता परिचय पत्र वितरण गरिने निर्वाचन आयोगले जनाएको छ । परिचयपत्र सोही जिल्लाको सम्बन्धित मतदान केन्द्रमा मतदान कार्यमा खटिएका कर्मचारीबाट वितरण गरिने व्यवस्था गरिएको आयोगले बताएको छ ।

२०७४ मंसिर १० र २१ गते दुई चरणमा हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि स्थानीय तह निर्वाचनमा फोटोसहितको मतदाता परिचयपत्र बुझ्न बाँकी रहेका र नयाँ मतदातालाई परिचयपत्र वितरणको व्यवस्था गरिएको हो ।

२०७४ भदौ ३ गतेसम्म मतदाता नामावलीमा नाम दर्ता गरी २०७४ भदौ ५ गतेसम्ममा १८ वर्ष उमेर पूरा गरेका एवं नामावली सार्न, सच्चाउन निवेदन दिएका मतदाताहरुले परिचयपत्र पाउने छन् ।

त्यसैगरी, दोस्रो चरणमा मतदान हुने ४५ जिल्लामा सम्बन्धित मतदान केन्द्रमा मतदान कार्यमा खटिएका कर्मचारीबाट परिचयपत्र वितरण हुने छ ।

साथै गत स्थानीय तहको निर्वाचनमा मतदाता परिचयपत्र प्राप्त गरिसकेका मतदाताहरुले सोही परिचयपत्रबाट मतदान गर्न पाइने आयोगले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);