तेस्रो चरणको चुनावी नतिजा पाँच दिनभित्रै, यस्तो छ तयारी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २६ २०८१, बुधवार

काठमाडौँ, ३१ भदौ । मतगणना छिटो गर्न मतगणना समूहहरु थपिएकाले प्रदेश नम्बर २ को चुनावी नतिजा पाँच दिनभित्रै घोषणा गर्ने लक्ष्य रहेको निर्वाचन आयोगले जनाएको छ। आगामी सोमबार हुने स्थानीय तह तेस्रो चरणको मतदानका लागि प्रदेश नम्बर २ का ३,५०० भन्दा बढी मतदान केन्द्रबाट भोलि आईतबार बेलुकासम्म मतदाता परिचयपत्र बाँडिने आयोगका अधिकारीले बताएका छन्।

पहिलो र दोस्रो चरणको निर्वाचनमा भौगोलिक र प्राविधिक कारणवश निर्धारित समयमा मतदाता परिचयपत्र बाँड्न नसकेकोले आलोचना भोगेको आयोगले यसपटक सहजतापूर्वक मतदाता परिचयपत्र वितरण गर्ने गरी कर्मचारीहरु खटिएको बताएको छ।

१ महानगरपालिका, ३ उपहानगरपालिका र ७३ नगरपालिका रहेको प्रदेश नम्बर २ मा मतगणना नै प्रमुख चुनौती रहेको आयोगको ठम्याइ छ। शुक्रवारदेखि शुरु भएको मतदाता परिचयपत्र वितरणको कार्यक्रम तीन दिनसम्म बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म जारी रहने आयोगले जनाएको छ।

प्रदेश नम्बर २ का १३६ स्थानीय तहका झण्डै साढे २६ लाख मतदातालाई ३५ सयभन्दा बढी मतदान केन्द्रबाट मतदाता परिचयपत्र बाँड्नका लागि आवश्यक जनशक्ति र बन्दोबस्तीका सामाग्रीसहित उपस्थित भइसकेको आयोगले बताएको छ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);