अनुगमन टोलीले गर्यो दुई वटा पानी उद्योगमा शिल | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

अनुगमन टोलीले गर्यो दुई वटा पानी उद्योगमा शिल

sil

चितवन, ९ फागुन । खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय र जिल्ला प्रशासन कार्यालय चितवनको संयुक्त अनुगमन टोलीले मापदण्ड विपरित सञ्चालनमा रहेका दुई वटा पानी उद्योगमा शिल गरेको छ ।

टोलीले भरतपुरको सिचाई रोडमा रहेको अप्सरा वाटर इन्ड्रस्टिजको अक्वा गोरखा ब्राण्डकोे पानी उत्पादन गर्ने उद्योग र बसेनीमा रहेको डिएचएम मिनरल वाटर एण्ड बेभरेजको पियोर ड्रप्स ब्राण्डको पानी उत्पादन गर्ने उद्योग शिल गरेको हो । खाद्य प्रबिधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनका प्रमुख बिक्कि राउतका अनुसार चितवनमा रहेका १५ पानी उद्योगको अनुगमन भएकोमा १० वटा उद्योगले निर्देशिका बमोजिम अटोमेटिक प्लान्ट जडान गरी उत्पादन गरेको भेटिएको थियो ।

टोलीले खानेपानी निर्देशिका बिपरित सन्चालनमा रहेका उद्योगलाई पटकपटक मापदण्डमा रहेर काम गर्न निर्देशन दिएपनि सुनुवाइ नगरेकोले उद्योग बन्द गर्न बाध्य भएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);