क्षयरोग घट्दो क्रम तर नेपालगञ्जमा यथावत् | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

क्षयरोग घट्दो क्रम तर नेपालगञ्जमा यथावत्

nepalganj

निशा शाह

नेपालगञ्ज, २२ चैत । नेपाल भरि नयाँ क्षयरोगी विरामीको अवस्था घट्दो क्रममा रहेको देखिए पनि नेपालगञ्जमा भने नयाँ क्षयरोगीहरुको संख्यामा कमी आउन सकेको छैन । नेपालगञ्जको क्षयरोगी रेफरल सेन्टरको ओपीडिमा वर्षेनी ३२ हजारदेखि ३३ हजारसम्म क्षयरोग परिक्षण गर्न आउने गरेका छन् ।

२०७१ सालमा आई एन एफले कार्यक्रम बन्द गरेपछि नेपाल सरकारको राष्ट्रिय क्षयरोग केन्द्रको मातहतमा क्षयरोगी वरेफरल सेन्टर संचालन हुँदै आएको छ । टि.बी नेपाल नेपालगञ्ज क्षयरोग रेफरल सेन्टरको ओपीडिमा वर्षेनी ३२ हजारदेखि ३३ हजारसम्म क्षयरोग जचाँउन आउने गरेको तथ्याङ्कले देखाएको छ । सेन्टरमा नेपालका अन्य भाग लगायत भारतबाट समेत उपचार गराउन आउने गर्छन् ।

रेफरल सेन्टरमा वर्षेनी एक हजारदेखि ११ सयसम्म नयाँ विरामीहरु पत्ता लाग्ने गरेको रेफरल सेन्टरले जानकारी दिएको छ । वर्षेनी ७० देखि ८० जनालाई नयाँ औषधी प्रतिरोधी क्षयरोगी दर्तागरी तिनको उपचार व्यवस्थापन गरिन्छ । टि.वी नेपाल नेपालगञ्जको क्षयरोगी रेफरल सेन्टरका क्लिनिक ईन्चार्ज हिक्मत खड्काले क्षयरोगी विरामीको अवस्थामा पहिले र अहिलेको अवस्थामा कुनै परिवर्तन नभएको जानकारी दिए ।

नेपालगञ्ज क्षयरोग रेफरल सेन्टरमा क्षयरोग प्रभावित बालबालिकाहरु पनि वर्षेनी ८ प्रतिशतले वृद्धि हुने गरेको छ । रेफरल सेन्टरमा वर्षेनी भारतबाट ५ प्रतिशतले बिरामीहरु उपचारका लागि पुग्ने गरेका छन् । रेफरल सेन्टरमा २ जना डाक्टर सहित अन्य ३० जना कर्मचारीहरुले विरामीलाई सेवा दिंदै आएका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);