व्यक्तिको जमिनमा सडक निर्माण गरिएपछि विवाद अदालतसम्म | ईमाउण्टेन समाचार

Our Network

चैत १२ २०८०, सोमबार

व्यक्तिको जमिनमा सडक निर्माण गरिएपछि विवाद अदालतसम्म

bektigat jaggama ma sadak nirman

बटुकनाथ झा

जनकपुरधाम, १६ फागुन । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका ४ नम्बर वडा कार्यालयले राजनीतिक रिसीबीको कारण व्यक्तिगत जग्गामा सडक विस्तार गरेको घट्ना बाहिर आएपछि त्यसले विवाद निम्त्याएको छ । व्यक्तिको जमिनमा सडक निर्माण गरिएपछि यो विवाद अहिले अदालतसम्म पुगेको हो ।

धनुषाको क्षिरेश्वरनाथ नगरपालिकाका वैद्यनाथ साह नगरपालिकाले आफ्नो व्यक्तिगत जमिनमा सडक बनाएको भन्दै त्यसको विरोधमा अहिले हारगुहार गरिरहेका छन् । व्यक्तिगत रिसईवीमा वडाध्यक्षले आफन्तको जग्गा बचाउनका लागि आफ्नो व्यक्तिगत जमिनबाट सडक विस्तार गरेको साहको आरोप छ । सडकका कारण आफ्नो चार कट्ठा जग्गा समाप्त हुने अवस्था आएको उनको गुनासो छ । वडाध्यक्ष जगदिश यादवले आफन्त पर्ने चन्देश्वर यादवको जग्गा बचाउनका लागि आफ्नो जग्गामा सडक बनाएको आरोप लगाए ।

विवादित ठाउँमा पहिले नै २० फिटको ग्राभेलिङ सडक छ । सडकको बीचवाट सडक विस्तार गर्नु पर्नेमा नगरिक आफ्नो मात्र जग्गामा बाटो खनिएको साहको आरोप छ । साहले आफू पिडित भएको भन्दै उच्च अदालत जनकपुरधाममा उजुरी गरेपछि अदालतबाट सडक खन्न निषेधाज्ञा जारी भयो । अदालतले हाललाई कुनै कार्य नगर्न भनी आदेश दिए पनि सडक विस्तार गर्ने कामकाज नरोकेपछि साहले प्रहरीमा समेत जाहेरी दिए । साह अदालतदेखि प्रहरी कार्यालय धाइ रहेका छन । तर क्षिरेश्वरनाथ नगरपालिका वार्ड नं. ४ का वडाध्यक्ष जगदिश यादव भने साहको आरोप सत्य नभएको बताउँछन् ।

विवादित जग्गा क्षिरेश्वरनाथ नगरपालिकास्थित हरैया टोलमा रहेको छ । उच्च अदालत धनुषाका न्यायाधीश विनोद मोहन अर्यालका अनुसार निवेदनको माग बमोजिम निषेधाज्ञा आदेश दिइएको छ । जग्गा धनीले नगरपालिका, नगरपालिका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, वडाध्यक्ष सहित पाँच जनालाई विपक्षी बनाइएको छ । अदालतले फागुन १२ गते कामकाज नगर्न भनी आदेश दिएपनि सडक विस्तारको काम भइरहेको छ ।

पीडित भनिएका जग्गा धनी वैद्यनाथ साहले पत्रकार सम्मेलन गरी घटना सार्वजनिक गरेका हुन् । पत्रकारहरुले स्थलगत रुपमा हेर्दा पनि साहलाई नै मार्कामा पार्ने गरि सडक बनाउने कामकाज भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);