काठमाडौं उपत्यकामा १२ वर्षपछि पर्यो हिउँ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

काठमाडौं उपत्यकामा १२ वर्षपछि पर्यो हिउँ

hiu in ktm

काठमाडौं, १६ फागुन । काठमाडौं उपत्यकामा १२ वर्षपछि हिउँ परेको छ । विहीवार विहान करीब ३ बजेतिर पानी संगै हिउँ परेपछि वरपरीका डाँडाहरु सेताम्मे देखिन्थे ।

१२ वर्षपछि काठमाडौं उपत्यकामा हिउँ परेको छ । विहीबार विहान करीब ३ बजेबाट पानीसंगै परेको हिउँले काठमाडौं वरपरका डाँडाहरु सेताम्मे देखिन्थे ।

धुलो धुवाँ र तुसारोले प्रायः कहिले सफा नदेखिने काठमाडौं उपत्यका वरपर विहीवार विहानको मौसम पनि सफा थियो । जाडो जान लागेको समयमा एक्कासी वर्षासंगै हिउँ परेपछि नगरकोट, ललिपुर, शिवपुरीमा स्थानीयहरु हिउँ खेल्न पुगेका थिए ।

विहान ८ बजेसम्म देखिएको हिउँ घाम चर्कदै गएपछि विस्तारै हराउँदै गएको थियो । यस अघि काठमाडौं उपत्यकामा २०६३ सालमा हिउँ परेको थियो । त्यसवेला त्रिपुरेश्वर, न्यूरोड सहितका मुख्य भागमै हिउँ परेको थियो । वि.स. २००१ सालमा पनि काठमाडौं उपत्यकामा हिउँ परेको थियो । मौसम विभागका अनुसार पश्चिमी वायूको प्रभावका कारण देशका मध्य, पश्चिम र पूर्वी भागमा हिमपात र वर्ष भएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);