राष्ट्रिय परिचय पत्र छपाईको काम सुरु | ईमाउण्टेन समाचार

Our Network

चैत ९ २०८०, शुक्रबार

राष्ट्रिय परिचय पत्र छपाईको काम सुरु

rastriya parichaya patra

काठमाडौं, १५ कात्तिक । राष्ट्रिय परिचय पत्र छपाईको काम सुरु भएको छ । राष्ट्रिय परिचय पत्र व्यवस्थापन केन्द्रले विहिबार देखि परिचय पत्र छपाईको काम औपचारिक रुपमा सुरु गरेको हो ।

गृहसचिव प्रेम राईको उपस्थितिमा गृहमन्त्रालय भित्र राष्ट्रिय परिचय पत्र छपाईको काम सुरु गरिएको हो । पहिलो चरणमा पाँचथर जिल्ला र केन्द्रीय निकायमा रहेका उच्च पदस्थ व्यक्तित्व र कर्मचारी गरि १ लाख १७ हजार नागरिकको राष्ट्रिय परिचय पत्र छपाईको काम गरिने छ ।

तीन बर्षमा मुलुकभर राष्ट्रिय परिचय पत्र वितरण गर्ने लक्ष सहित केन्द्रले चालु आर्थिक बर्षमा १५ , अर्को बर्ष २५ र तेश्रो बर्षमा २६ जिल्लामा वितरण गर्ने कार्यतालिक तय गरेको छ । पहिलो चरणमा छापिएको राष्ट्रिय परिचय पत्र यसै महिनामा वितरण गरिने लक्ष्य पनि केन्द्रले लिएको छ ।

पाँचथरमा भरिएको नागरिकको विवरणलाई केन्द्रको सिस्टमले लिएर भेरिफाई गरेपछि कार्ड छापिने भएपनि वितरणको समयमा पनि नागरिकको बायोमेट्रीक परीक्षण गरी वितरण गरिने जनाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);