राष्ट्रिय सुरक्षामाथि असर नपर्ने गरी राष्ट्रिय परिचयपत्र वितरण गर्न माग | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

राष्ट्रिय सुरक्षामाथि असर नपर्ने गरी राष्ट्रिय परिचयपत्र वितरण गर्न माग

national id card

काठमाडौं, २८ माघ । प्रतिनिधिसभाका सांसदहरुले राष्ट्रिय सुरक्षामाथि प्रतिकूल असर नपर्ने गरी राष्ट्रिय परिचय पत्रको व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

संघीय संसदको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबारको बैठकमा ‘राष्ट्रिय परिचय पत्र तथा पञ्जीकरणको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’माथिको छलफलमा भाग लिँदै प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले नागरिकको गोपनियताको हक र राष्ट्रिय सुरक्षा प्रतिकूल नहुने गरी राष्ट्रिय परिचय पत्र वितरणको व्यवस्था गर्न सरकारसँग माग गरे ।

सरकारले हाल पाँचथर र सिंहदरबारबाट राष्ट्रिय परिचय पत्र वितरणको काम सुरु गरेको छ । त्यसो गर्दा व्यक्तिको गोपनियताको हक र राष्ट्रिय सुरक्षामाथि खलल आउन नदिन सरकारलाई सचेत रहन पनि सांसद बडुको आग्रह छ ।

बैठकमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद झपट रावलले राष्ट्रिय परिचय पत्र छपाईको काम देश बाहिर नगर्न सरकारलाई सचेत गराए ।

बैठकमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृह सचिव प्रेमकुमार राईले नागरिकहरुलाई बहुउपयोगी हुने गरी राष्ट्रिय परिचय पत्र वितरणको काम सुरु गरिएको बताए ।

समितिले राष्ट्रिय परिचय पत्र वितरणको कामलाई व्यवस्थित बनाउन त्यसको मोडालिटीमा पनि आवश्यक छलफल गरेर सरकारलाई आवश्यक सुझाव दिने तयारी गरेको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);