आगामी वर्ष भित्रै सबै नेपालीको हातमा राष्ट्रिय परिचयपत्र | ईमाउण्टेन समाचार

Our Network

वैशाख २५ २०८१, मंगलबार

आगामी वर्ष भित्रै सबै नेपालीको हातमा राष्ट्रिय परिचयपत्र

चितवन, ३१ बैशाख । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले आगामी वर्ष भित्र देशभर राष्ट्रिय परिचयपत्र वितरण गरिसक्ने जनाएको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले मंगलवार चितवनको सौराहामा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा विभागका महानिर्देशक दिपक काफ्लेले सबै नेपालीको हातमा आगामी वर्ष भित्रै राष्ट्रिय परिचयपत्र प्राप्त हुने बताउनु भयो ।

चालु आर्थिक वर्षमा पाँचथरबाट परिचय पत्र वितरण सुरु भईसकेको छ । पाँचथरमा ६० हजार जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेको महानिर्देशक काफ्लेले जानकारी दिनु भयो । यो वर्ष चितवनसहित १५ जिल्लामा परिचय वितरणको काम सुरु भएको पनि कार्यक्रममा जानकारी गराईएको थियो ।

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);