कक्षा ११ र १२ मा बढाइएको शुल्क वृद्धि खारेज गर्न अनेरास्ववियुको माग | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कक्षा ११ र १२ मा बढाइएको शुल्क वृद्धि खारेज गर्न अनेरास्ववियुको माग

काठमाडौं, २४ असार । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूले कक्षा ११ र १२ मा बढाइएको चर्को शुल्क वृद्धिप्रति आपत्ति जनाउँदै तत्काल खारेज गर्न सरकारसँग माग गरेको छ ।

अनेरास्ववियूले मंगलबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापन पत्र बुझाउँदै कक्षा ११ र १२ मा बढाइएको चर्को शुल्क वृद्धि तत्काल खारेज गर्न माग गरेको हो । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा अनेरास्ववियूका कार्यबहाक संयोजक रञ्जित तामाङले बुझाउनु भएको ज्ञापन पत्रमा कक्षा १२ सम्म भर्ना भएका विद्यार्थी मध्ये २० प्रतिशतलाई निःशुल्क अध्ययन गर्न पाउने गरी छात्रवृत्तिको व्यवस्था सुनिश्चित गराउन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराइएको छ ।

कक्षा ११ र १२ मा बढाइएको चर्को शुल्क तत्काल खारेज गर्न सरकारसँग माग गरिएको अनेरास्ववियूका कार्यबहाक संयोजक तामाङले जानकारी दिनु भयो । उहाँले स्थानीय तहले विद्यालय तहको छात्रवृत्ति वितरणमा विभेद गरेको पाइएको उल्लेख गर्दै त्यसलाई सच्याउन पनि सरकारसँग आग्रह गरिएको बताउनु भयो । ज्ञापन पत्रमा विश्वविद्यालयको पदाधिकारी नियुक्ती पनि खुला प्रतिस्पर्धाको आधारमा गर्ने कानुनी व्यवस्था गर्न सरकारलाई दवाव दिइएको छ ।

यता, मन्त्री पोखरेलले पनि विद्यालय तह तथा विश्वविद्यालयमा देखिएको कमजोरीलाई सच्याउँदै अघि बढ्ने प्रतिवद्धता व्यक्त गर्नु भएको थियो । उहाँले शिक्षालयहरुमा देखिएको समस्या समाधानका लागि सरकारले आवश्यक ऐन, कानुनलाई पनि निर्माण गर्दै अघि बढ्ने योजना पनि सुनाउनु भयो । मन्त्री पोखरेलले स्थानीय तहमा देखिएको शिक्षासम्बन्धि समस्या पनि स्थानीय तहसँगै सहकार्य गरेर समाधान गर्न लागिपर्ने प्रतिवद्धता व्यक्त गर्नु भयो ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);