राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १ २०८१, शनिबार

राष्ट्रियसभामा नीति तथा कार्यक्रममाथि छलफल सुरु

samsadh

काठमाडौं, १० जेठ । राष्ट्रियसभामा पनि सरकारको नीति तथा कार्यक्रममाथि छलफल सुरु भएको छ । राष्ट्रियसभाको बिहिबारको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रममाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेश गरेपछि छलफल सुरु भएको हो ।

छलफलमा भाग लिँदै सत्तारुढ नेकपाका सांसदहरुले सरकारको नीति तथा कार्यक्रममको बचाउ गरेका छन भने प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुले आलोचना गरेका छन ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका सांसद दिनानाथ शर्माले सरकारको नीति तथा कार्यक्रम मुलुकलाई समृद्ध बनाउने लक्ष्य हासिल गर्नेगरी आएको दाबी गरे । उनले सरकारको नीति तथा कार्यक्रम राष्ट्रियताको पक्षमा रहेको र यसले विकास निर्माणको कामलाई गति दिने विश्वास व्यक्त गरे ।

प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसका सांसदहरुले भने सरकारको नीति तथा कार्यक्रम राष्ट्रिय लक्ष्य अनुसार नआएको भन्दै आलोचना गरेका छन । कांग्रेस सांसद सुरेन्द्र पाण्डले सरकारले महत्वकांक्षी नीति लिएको तर त्यसलाई पूरा गर्ने कार्यक्रम नल्याएको दाबी गरे।

त्यस्तै सांसद राधेश्याम अधिकारीले पनि स्थानीय तहलाई बलियो बनाउने गरी सरकारले नीति तथा कार्यक्रम नल्याएको भन्दै असन्तुष्टि व्यक्त गरे । संवैधानिक व्यवस्था अनुसार सरकारले आगामी जेठ १५ गते बजेट ल्याउनेछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);