नीति तथा कार्यक्रमप्रति नेकपाकै सांसद रुष्ट | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

नीति तथा कार्यक्रमप्रति नेकपाकै सांसद रुष्ट

rastrapati

काठमाडौं, २२ बैशाख । सरकारले संघीय सांसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रमप्रति सत्तारुढ दल नेकपाका सांसदहरुले असन्तुष्टि जनाएका छन् । नीति तथा कार्यक्रम अघि पर्याप्त छलफल नभएको भन्दै सांसदहरुले सरकारको आलोचना गरेका हुन् ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ह्वपि जारी गर्नु भन्दा छलफल गर्नुपर्ने माग अगाडि सारेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

शनिवार बसेको नेकपा संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले सरकारको नीति तथा कार्यक्रम राम्रो भएको भन्दै समर्थन गर्न निर्देशन दिनुभएको थियो । २४ गते नीति तथा कार्यक्रम पास गर्न सहयोग गर्ने र २५ गतेदेखि बस्ने संसदीय दलको बैठकमा आ–आफ्नो धारणा राख्न उहाँले निर्देशन दिए ।

तर सांसदहरु जनार्दन शर्मा, रामकुमारी झाक्री र सुरेन्द्र पाण्डेलगायतले नीति तथा कार्यक्रममाथि छलफल गर्न पाउनुपर्ने माग अगाडि सारेका थिए । असन्तुष्टि जनाउने सांसदहरुले नेताको निर्देशन र व्हीप मात्रै जारी गर्न मात्र कार्य स्वीकार्य नभएको चेतावनी दिएका थिए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);