सरकारको नीति तथा कार्यक्रम आज | ईमाउण्टेन समाचार

Our Network

चैत ३० २०८०, शुक्रबार

सरकारको नीति तथा कार्यक्रम आज

bidhya devi bhandari

काठमाडौं, २० बैशाख । सरकारले आज शुक्रबार आफ्नो नीति तथा कार्यक्रम प्रस्तुत गर्दै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले अपरान्ह ४ बजे संघीय संसद भवन नयाँ बानेश्वरमा सरकारको तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुने भएको छ । बैठकमा प्रतिनिधिसभा र राष्ट्रियसभाका नै सांसदहरु उपस्थित रहने भएको छ ।

सरकारले तयार पारेको नीति तथा कार्यक्रमलाई राष्ट्रपतिले वाचन गर्नुहुने भएको हो । गतवर्ष पनि कतिपय ठाउँमा भाषिक त्रुटी भएको र सम्मान गर्नुपर्ने पदलाई सम्मान नगरिएको भन्दै आलोचना भएको थियो ।

संघीय संसदका सभामुख कृष्णबहादुर महराले बैठक सञ्चालन गर्नुहुने भएको छ । नीति तथा कार्यक्रमका आधारमा नै सरकारले आर्थिक वर्ष २०७६÷०७७ को बजेट प्रस्तुत गर्ने छ । संविधानले नै जेठ १५ गते वजेट प्रस्तुत गर्नुपर्ने वाध्यकारी व्यवस्था गरेपछि केही वर्षदेखि यही दिन वजेट प्रस्तुत हुँदै आएको छ ।  यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आफ्नो सरकार बनेपछि जनताको पक्षमा काम गर्छौ भन्दै आएपनि त्यो अनुसार काम नभएपछि जनतामात्र होइन सर्वसाधारणले पनि सरकारको आलोचना गर्दै आएका छन् । तर सरकारले आउँदो वजेटमा भने जनताको मन छुने योजनाहरु समेटिएको दावी गरेको छ ।

विगतमा सरकारको नीति तथा कार्यक्रम आउनुअघि प्रि–वजेट छलफल गरिने परम्परा रहँदै आएकोमा यसपालि भने त्यो नहुने भएको छ । तर सरकारले भने प्रि–वजेट छलफल नीति तथा कार्यक्रम पछि पनि हुने दावी गर्दै आएको छ ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रि–वजेट छलफल गर्न सरकार तयार नभएकोमा आपत्ति जनाएको छ । संघीय संसदको बैठक सुरु हुनुभन्दा अघिल्लो दिन सिंहदरवारमा बसेको संसदीय दलको बैठकले वजेटका विषयमा पहिले नै छलफल गर्न पाउने सांसदको अधिकार कटौती गर्न खोजेकामा सरकारको आलोचना गरेको थियो । संसदको बैठक आव्हान गर्दा नै आज सरकारको नीति तथा कार्यक्रम गर्ने टुंगो लागेको थियो ।

नेपाली कांग्रेसका प्रतिनिधिसभाका सांसद रामबहादुर विष्टले वजेट आउनुअघि छलफल नहुनु दुर्भाग्य भएको बताउनुभयो ।

राष्ट्रपतिको सम्बोधनपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सभामा गरिएको सम्बोधनको प्रति टेबुल गर्नुहुने छ । त्यसपछि नेकपाका प्रतिनिधिसभाका संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङले धन्यबादको प्रस्ताव प्रस्तुत गर्नुहुनेछ । प्रतिनिधिसभाको कार्य व्यवस्था महाशाखाको बिहीबार प्रकाशित सम्भावित कार्यसूची अनुसार अर्का सांसदले समर्थन गर्नुहुनेछ ।

प्रतिनिधिसभाको बैठक आजै शुक्रबार ६ बजे र राष्ट्रियसभाको बैठक साढे ५ बजे बोलाइएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);