आज नीति तथा कार्यक्रम प्रस्तुत हुने | ईमाउण्टेन समाचार

Our Network

जेठ ५ २०८३, बुधवार

आज नीति तथा कार्यक्रम प्रस्तुत हुने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम आज प्रस्तुत गर्ने भएको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न ४ बजे प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्नुहुने छ ।

प्रतिनिधिसभाको बिहिबारको बैठकमा सभामुख देवराज घिमिरले सो व्यहोराको पत्र पढेर सुनाउँदै आज दिउँसो ३:४५ बजे सम्पूर्ण सदस्यहरुलाई निर्धारण गरिएका पोसाकमा उपस्थित भएर आसन ग्रहण गर्न निर्देशन दिनुभयो ।

आज बसेको मन्त्री परिषद् बैठकले सरकारको नीति तथा कार्यक्रम पारित गरेको छ ।

Leave a Reply

ताजा समाचार