अब गरिखाने जनशक्ति निर्माण हुन्छ : प्रम ओली | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

अब गरिखाने जनशक्ति निर्माण हुन्छ : प्रम ओली

kp oli pm

काठमाडौं, १० जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले देश बनाउन आवश्यक जनशक्ति निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले गरिखाने जनशक्ति निर्माण हुनेगरी शिक्षाको आवश्यक प्रबन्ध गर्न सरकारले चाहेको बताए ।

बिहिबारबाट काठमाडौंको भृकृटिमण्डपमा सुरु भएको ‘हिसान शैक्षिक मेला’ को उद्घाटन गर्दै उनले गुणस्तरीय शिक्षाको क्षेत्रमा महत्वपूर्ण योगदान दिएको भन्दै निजी क्षेत्रका विद्यालयहरुको प्रसंशा गरे ।

प्रधानमन्त्री ओलीले विगतमा सरकारकै कमजोरीका कारण गुणस्तरीय शिक्षा दिन नसकेको स्विकार गरे । उनले नेपाल ज्ञान र विज्ञानको उर्वर भूमि भएको भन्दै त्यसलाई चिनेर अघि बढ्न पनि सबैलाई सचेत गराए । प्रधानमन्त्री ओलीले शिक्षामा लगानी भएर पनि प्रतिफल नपाउनुमा विगतका सरकारहरु जिम्मेवार रहेको आरोप लगाए ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);