निष्पक्ष निर्वाचन गराउने आयुक्त थपलियाको प्रतिवद्धता | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

निष्पक्ष निर्वाचन गराउने आयुक्त थपलियाको प्रतिवद्धता

dinesh kumar thapaliya

काठमाडौं, १४ बैशाख । प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आफ्नो सम्पुर्ण प्रयास र प्रयत्नहरु निष्पक्ष निर्वाचन गराउने तर्फ केन्द्रीत गर्ने प्रतिवद्धता जनाएका छन् ।

मनोहरा विद्यानगर सेवा समाजले शनिवार राजधानीमा गरेको अभिनन्दन समारोहमा प्रमुख आयुक्त थपलियाले निर्वाचन प्रणालीलाई निश्पक्ष र सबैले विश्वास गर्ने बनाउने विषयमा नै आफु प्रयत्नशील रहने बताएका हुन् । निर्वाचन प्रणालीलाई राम्रो र विश्वसनिय बनाएर मात्रै मुलुकमा शुसासन कायम हुन सक्ने भन्दै उनले सम्पुर्ण शक्ति निश्पक्ष निर्वाचनमा लगाउने प्रतिवद्धता जाहेर गरे ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले निष्ठावान र इमान्दार व्यक्तिले हार्ने र पैसावालाले चुनाव जित्ने अवस्थाको अन्त्य गर्ने पनि दाबी गरे । उनले निर्वाचनलाई मर्यादित, अनुशासित, निष्पक्ष र पारदर्शी बनाउनका लागि सबैको सहयोग आवश्यक रहेको भन्दै आवश्यक सल्लाह सुझाव दिन आग्रह गरे ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);