प्रधानमन्त्री निवासको जग्गा बिक्रि गरिएको विरोधमा विवेकशील साझा पार्टीद्वारा प्रदर्शन | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

प्रधानमन्त्री निवासको जग्गा बिक्रि गरिएको विरोधमा विवेकशील साझा पार्टीद्वारा प्रदर्शन

baluwatar-jagga

काठमाडौं, २ बैशाख । विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवासको जग्गा बिक्री गरिएको विरोधमा प्रधानमन्त्री निवास बालुवाटारमा प्रर्दशन गरेको छ ।

रविन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवासको जग्गा समेत व्यक्तिको नाममा विक्री गरिएको विरोधमा सोमबार १ घण्टा प्रधानमन्त्री निवास बालुवाटारमा अगाडि प्रर्दशन गरेको हो । प्रधानमन्त्री निवासको जग्गा नै अपचलनमा परेको समाचार बाहिर आएपछि आइन्दा कुनै पनि सरकारी जग्गा अपचलन हुन नदिन सरकारलाई सचेत गराउन प्रधानमन्त्री निवास अगाडिनै विरोध प्रर्दशन गर्नु परेको पार्टीका प्रवक्ता सूर्यराज आचार्यले जानकारी दिए ।

प्रधानमन्त्री निवासको जग्गा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव विष्णु पौडेलले समेत किनेको तथ्य बाहिर आएपछि विवेकशील साझा पार्टीले त्यसको विरोधमा सडक प्रर्दशन सुरु गरेको हो । ठूला माछा समाउ अभियान भन्ने नाराकासाथ भएको प्रदर्शनमा सहभागीहरुले वालुवाटार, बबरमहल लगायत देशभरका बिभिन्न स्थानमा रहेका सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्नेलाई कानुनी दायरमा ल्याउन माग गरेका थिए । भूमाफियालाई कारवाही नगरेसम्म अभियान जारी राख्ने बिबेकशील साझा पार्टीले जनाएको छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);