चितुवाको छालासहित भक्तपुरबाट एक जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

चितुवाको छालासहित भक्तपुरबाट एक जना पक्राउ

सुबास चौलागाई
भक्तपुर, ११ चैत ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) को टोलीले चितुवाको छालासहित एक व्यक्तिलाई भक्तपुरबाट पक्राउ गरेको छ ।

भक्तपुरको सुर्यविनायक नगरपालिका वडा नम्बर ४ मा चितुवाको छाला अवैध कारोबार हुन लागेको सुराकीको आधारमा प्रहरीको टोलीले छालासहित एक जनालाई पक्राउ गरेको हो ।

सिआइबिको टोलीलाई महानगरिय प्रहरी परिसर भक्तपुरले आबश्यक सहयोग गर्दै रामेछापको उमाकुंण्ड गाउँपालिका वडा नम्बर ४ का ३० बर्षिय सोम बहादुर तामाङ्ग पक्राउ परेको भक्तपुर प्रहरी परिसरका प्रवक्ता दिपक गिरीले बताए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);