रेडपाण्डाको छालासहित कोहलपुरबाट ५ जना पक्राउ | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

रेडपाण्डाको छालासहित कोहलपुरबाट ५ जना पक्राउ

कोहलपुर, २६ असोज । दुर्लभ रेडपाण्डाको छालासहित कोहलपुरबाट ५ जना पक्राउ परेका छन् । मारिएको रेडपाण्डाको छालासहित कोहलपुर नगरपालिका १ का बुद्धी शर्मा, कोहलपुर २ का मुकेश दमाई, बैजनाथ गाउँपालिका ४ काथमन दमाई, दिपक सुनार र बलराज ऐेडी रहेका छन् ।

गए राती जिल्ला प्रहरी कार्यालय र ईलाका प्रहरी कार्यालय कोहलपुरको टोलीले उनीहरुलाई पक्राउ गरेको हो । कोहलपुर नगरपालिका २ स्थित एक होटलबाट रेडपाण्डाको छालासहित उनीहरु पक्राउ परेका हुन् ।

रेडपाण्डाको छाला व्यापारीलाई विक्रिका लागि कोहलपुर होटलमा पुगेका उनीहरु मोलमोलाई गर्ने क्रममा प्रक्राउ परेका हुन् । पक्राउ गरिएको रेडपाण्डाको छालाको मूल्य १२ लाख रहेको प्रहरीको भनाई छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);