कोहलपुरको मुगालीबस्तीबाट रेड पाण्डाको छालासहित एक जनालाई पक्राउ | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

कोहलपुरको मुगालीबस्तीबाट रेड पाण्डाको छालासहित एक जनालाई पक्राउ

pakrau

काठमाडौं, ११ कात्तिक । प्रहरीले कोहलपुर नगरपालिका–२ मुगालीबस्तीबाट दुई वटा रेड पाण्डाको छालासहित एक जनालाई पक्राउ गरेको छ ।

बाँकेका प्रहरी निरीक्षक देबिप्रसाद पौडेलको नेतृत्वमा गएको टोलीले कोहलपुर–२ का ३१ बर्षी मानबहादुर शाहीलाई शनिबार साँझ उनकै घरबाट नियन्त्रणमा लिएको हो ।

बरामद छाला र शाहीलाई जिल्लाप्रहरी कार्यालय बाँकेमा सार्वजनिक गर्दै बाँके प्रहरी प्रमुख अरुण पौडेलले पक्राउ परेका व्यक्तिलाई कानुन अनुसार कारबाही गरिने बताए । रेडपाण्डाको छाला विश्वबजारमा वहुमुल्यमा विक्रि हुने गर्दछ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);