राज्यले संरक्षण गरेकाहरुले नै मिडिया र राजनीतिक नेतृत्वमाथि त्रास फैल्याउने गतिविधि गरेका हुन्ः नेकपा सांसद मल्ल | ईमाउण्टेन समाचार

Our Network

असार २९ २०८३, मंगलबार

राज्यले संरक्षण गरेकाहरुले नै मिडिया र राजनीतिक नेतृत्वमाथि त्रास फैल्याउने गतिविधि गरेका हुन्ः नेकपा सांसद मल्ल

काठमाडौं ।

प्रतिपक्ष दल नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का सांसद रमेशकुमार मल्लले राज्यले संरक्षण गरेकाहरुले नै मिडिया र राजनीतिक नेतृत्वको घरमा त्रसित बनाउने गतिविधिमा संलग्न रहेको आरोप लगाउनुभएको छ ।
मंगलवार प्रतिनिधि सभा बैठकमा बोल्दै उहाँले उक्त आरोप लगाउनु भएको हो । गणेश नेपाली प्रकरणलाई ओझेलमा पार्नका लागि सरकार संरक्षितहरुले सडक जाम गराउने र मिडिया तथा राजनीतिक नेतृत्वमाथि त्रास फैल्याउने खालका गतिविधि गरेको सांसद मल्लको जिकिर थियो । उहाँले मिडिया हाउसमा अवरोध हुनेगरी तेस्र्याएर राखिएका गाडीलाई लाखौ जरिवाना असुली गर्न र त्यस्ता घटनामा संलग्नमाथि कडा कारबाही तत्काल गर्न पनि सरकारलाई सचेत गराउनु भयो । सांसद मल्लले सरकारले सामान्य नागरिकले हितमा कुनैपनि काम गर्न न सकेको गुनासो पनि गर्नुभयो । उहाँले प्रधानमन्त्री साहले राष्ट्रियता विरोधी अभिव्यक्ति हालसम्म पनि नसच्याएको भन्दै आपत्ति समेत जनाउनु भयो ।
सांसद मल्लले भन्नुभयो,‘राज्य संरक्षित मान्छेहरुबाट न्युरोड लगायतका मुख्य सडकहरुमा दिनभरजसो सडक जाम गरियो, अवरोध गरियो । अस्तव्यस्त बनाइयो । हिजो मिडिया हाउसको अगाडि एकाविहानै गाडीहरु तेस्र्याइयो । प्रमुख प्रतिपक्ष दलको नेताको घर खोज्दै गएर गाडी लिएर रोकेर जाने काम पनि भयो । र, दिनभर के हो, कसो हो ? भनेर होहल्ला धेरै भयो । तर प्रकारन्तरले देखियो कि राज्य संरक्षित केही मान्छेहरुबाट नै यो गतिविधि गरियो । म राज्यलाई सोध्न चाहन्छु–५ सय देखि लाखौको जरिवाना गर्छु  भनेर भन्ने सरकारले त्यो प्रश्तावलाई अघि बढाउने, छलफलको विषय बनाउने सरकारले आज ५ सयको चीट काटेर उनीहरुलाई छोडदैछ भन्ने सुनियो । यो राज्यले यस्तो काम गर्ने, उनीहरुलाई ५ सयको चिट काटेर घर पठाउने । यो कुनै हालतमा हुन सक्दैन सभामुख महोदय । यिनलाई लाखौको जरिवाना तिराउनु पर्दछ । र त्यो गाडी जफत गरिनु पर्दछ भन्ने मेरो जिकिर हो सभामुख महोदय । र,  जसले यो गतिविधि गरेको छ र यसको योजना बनाएको छ । उनीहरुलाई छिटो भन्दा छिटो छानविन गरेर कारबाही गर्नु पर्दछ ।’
सांसद मल्लले सरकारले सुकुम्बासी लगायतका गरिव नागरिकलाई एक पछि अर्को पीडा दिने काम गरिरहेको पनि बताउनु भयो ।

Leave a Reply

ताजा समाचार