खोटाङको “रक गार्डेनलाई” थप व्यवस्थित बनाउन सुरु | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

खोटाङको “रक गार्डेनलाई” थप व्यवस्थित बनाउन सुरु

खोटाङ, २ चैत । खोटाङको हलेसी तुवाचुङ नगरपालिकामा रहेको त्री–धार्मीक स्थल हलेसी महादेवस्थान नजिकै अवस्थित ढुङ्गे बगैँचा अर्थात “रक गार्डेनलाई” थप व्यवस्थित बनाउन सुरु गरिएको छ ।

ऐतिहासिक तथा धार्मीक पर्यटनको सम्भावना बोकेको सो ठाउँलाई थप आकर्षक बनाएर स्थानीय स्तरमा दीगो आम्दानीको श्रोत बनाउने उद्देश्य राखिएको छ । ढुङ्गे बगैँचामाआन्तरीक तथा बाह्य पर्यटकलाई आकर्षित गर्न नगरपालिकाले काम गरिरहेको छ ।

हलेसी तुवाचुङ नगरपालीका ५ स्थीतप्राकृतिक ढुङ्गे बगैँचा विश्व प्रसिद्ध त्रि–धार्मिक स्थल हलेसी महादेवस्थान नजिकै रहेको एक मनरोम स्थल हो । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्न नगरपालिकाले यस क्षेत्रको विकासका लागि ७ करोडको लगानीमा काम सक्न डिपिआर तयार गरेको छ ।

१ सय ३ रोपनी क्षेत्रफल रहेको जग्गा मध्ये ५६ रोपनीमा प्राकृतीक ढुङ्गे बगैचाको सरंक्षण कार्य थालनी गरिएको छ। हालआयोजनामा करीब ५२ लाख खर्च भईसकेको छ ।प्राकृतिक बनोटबाट बनेको यस बँगैचामा पाईने विभिन्न किसिमका ढुंगामा देखिने फरक फरक आकृतिहरु पर्यटकको रोजाईमा पर्ने गरेको छ ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);