महाकाली नदिको झोलुंगे पुलमा आवतजावत बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

महाकाली नदिको झोलुंगे पुलमा आवतजावत बन्द

kanchanpur

कञ्चनपुर, ३० असार । कञ्चनपुरको भीमदत्त नगरपालिका–१३ स्थित महाकाली नदिको झोलुंगे पुलमा आवतजावत बन्द भएको छ । मगंलबार बिहानदेखि स्थानीय कृषकहरुलाई झोलुङ्गे पुलस्थित प्रहरीले मलखाद ल्याउन रोक लगाएपछि स्थानीयहरुले विरोध स्वरुप उक्त झोलङ्गे पुलमा आवतजावतमा रोक लगाएका हुन् ।

कञ्चनपुर बजारमा मलको अभाव भएपछि भारतीय बजार र महाकाली नगरपालिकाको दोधारा चाँदनीबाट ल्याएर कृषकहरुले अन्न वालीमा छर्दै आएका थिए । तर प्रहरीले मल ल्याउन रोक लगाएपछि कृषकहरुले पुलमा आवतजावतमा रोक लगाएर विरोध जनाएका हुन् ।

सरकारले मल ल्याईदिनु पर्ने ठाउँमा आफैले ल्याउँदा समेत रोक लगाएको भन्दै कृषकहरुले आक्रोश पोखेका छन् । कृषकहरुले महाकाली नगरपालिकाबाट मलखाद ल्याउनु पाउनु पर्ने भन्दै आन्दोलनमा उत्रिएका हुन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);