झोलुङ्गे पुलको लट्ठा भांचियो, नेपाल–भारत आवतजावत बन्द | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

झोलुङ्गे पुलको लट्ठा भांचियो, नेपाल–भारत आवतजावत बन्द

दार्चुला, २९ असार। दार्चुलाको महाकाली न पा ९ स्थित महाकाली नदि माथी रहेको नेपाल भारत जोड्ने झोलुङ्गे पुलको लट्ठा भांचिएको छ । महाकाली नगरपालिका–९ दत्तु र भारतको बालुवाकोट जोड्ने झोलुङ्गे पुलको लठ्ठा भांचिदा आवतजावत बन्द भएको हो ।

पुलको भारततर्फ को भाग मा लठ्ठा भांचिएको र दुर्घटनाको जोखिम रहेको भन्दै आवतजावत बन्द गरिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले एक सुचना जारी गर्दै स्थानीय हरु लाई जानकारी दिएको छ।

पुलको लट्ठा भांचिए पछि प्राविधिहरुबाट चेकजाँच गर्ने र मर्मत सम्भार गर्न भारतीय पक्षसंग पहल भइरहेको जिल्ला प्रहरी प्रशासन कार्यालय दार्चुला ले जानकारी दिएको छ ।

पुलमा आवतजावत बन्द हुंदा दुवै देशका नागरिक हरु मर्कामा परेका छन्।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);