पत्रकार महासंघ भक्तपुरमा मतगणना सम्पन्न | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

पत्रकार महासंघ भक्तपुरमा मतगणना सम्पन्न

सुवास चौलागाईँ
भक्तपुर, २६ चैत । नेपाल पत्रकार महासंघ भक्तपुरको मतगणना सकिएको छ ।

महासंघ केन्द्रीय समितिको निर्वाचनमा भक्तपुरबाट अध्यक्षका उमेद्वार विपुल पोख्रेलको समूह नै अगाडि देखिएका छन् । पोखरेलले ११९ मतप्राप्त गरेका छन् भने निर्मलाशर्माले ४६ मतप्राप्त गरेकी छन् ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा रमेश विष्टले १ सय २३ मतप्राप्त गरेका छन् भने माधव नेपालले ४४ मतप्राप्त गरेका छन् । त्यस्तै उपाध्यक्ष (महिला)मा बाला अधिकारीले १ सय २२ मतप्राप्त गरेकी छन् भने दाना केसीले ३९ मतप्राप्त गरेकी छन् । महासचिवका प्रत्यासी रोशन पुरीले १ सय ८ मतप्राप्त गरेका छन् भने अर्का प्रत्यासी बालकृष्ण बस्नेतले ५४ मत प्राप्त गरेका छन् ।

यसैबीच महासंघ जिल्ला शाखा भक्तपुरका सम्पूर्ण पदाधिकारी यस अघिनै सर्वसम्मत चयन भएका छन् । जिल्लामा सक्रिय पत्रकारहरुको संगठन प्रेस युनियन, प्रेस चौतारी, प्रेस सेन्टरलगायतको सहमतीमा आगामी कार्यकालको लागि सबै पदमा सर्वसम्मत नेतृत्व चुनिएको हो ।

पत्रकार महासंघ भक्तपुरको अध्यक्षमा जगत प्रजापति, उपाध्यक्ष सुन्दर शिल्पकार, महिला उपाध्यक्षमा लिलाश्रेष्ठ, सचिव सन्जिव घिमिरे, सह–सचिव खुल्लामा हेमराज ढकाल, सह–सचिव समावेशीमा सुमन श्रेष्ठ, कोषाध्यक्षमा विनोद कोजू चयन भएको हो ।

महिला सदस्यमा कञ्चनकिसी, आदीबासी सदस्यमा किरण सुवाल तथा अन्य सदस्यहरूमा दिनेश कार्की, विकास थापा, राजकुमार लामिछाने, रजल छुंका, रामगोपालतमखु, रुपक ढुंगाना, सञ्जीव प्रसाद दुलाल, सविना केसी, हरिशरण बास्तोला चयन भएको हो । केन्द्रीय परिषद् सदस्यमा गोपाल खनाल, जीवन ढुंगाना,नविना खर्वुजा, पूर्णभक्त दुवाल, पेशल आचार्य निर्विरोध निर्वाचित भएका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);