दाङकाे क्षेत्रीय सभापतिमा खड्का निर्वाचित, पत्रकार महासंघका नेता सचिवमा विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १६ २०८१, आइतबार

दाङकाे क्षेत्रीय सभापतिमा खड्का निर्वाचित, पत्रकार महासंघका नेता सचिवमा विजयी

दाङ । नेपाली कांग्रेस क्षेत्र नम्बर २ को क्षेत्रीय सभापतिमा भीमप्रकाश खड्का विजयी भएका छन् । संस्थापन पक्षधर खड्काले प्रतिस्पर्धी चित्रबहादुर डाँगी ‘निर्मल’लाई १ सय मतअन्तरले पराजित गरेका हुन् । खड्का सामुदायिक वन क्षेत्रका केन्द्रीय नेता पनि हुन् ।

खड्काले ३ सय ६६ मत प्राप्त गर्दा संस्थापन इतरका डाँगीले २ सय ६६ मत प्राप्त गरे ।  बुधबार बिहान सार्वजनिक मतपरीणाम अनुसार सचिवमा खड्का प्यानलकै आरके सितल र डाँगी प्यानलका हिमबहादुर डाँगीले समान ३ सय २१ मत प्राप्त गरी विजयी भएका छन् । आरके सितल पत्रकार महासंघ दाङ शाखाका सचिव पनि हुन् । 

त्यस्तै सहसचिवमा खड्का प्यानलका रमेशकुमार पाण्डे ४ सय २ र रञ्जित श्रेष्ठ ३ सय ३९ मत प्राप्त गरेर निर्वाचित भएका छन् । पाण्डे घोराही उपमहानगरपालिका-१५ का वडाध्यक्ष हुन् ।दाङको २ मा कुल ६ सय ५१ मतदातामध्ये ६ सय ४२ मत खसेकाे थियाे । 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);