नेपाल पत्रकार महासंघ दाङमा चौतारीबाट केसी विजयी | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८०, बिहीबार

नेपाल पत्रकार महासंघ दाङमा चौतारीबाट केसी विजयी

दाङ, २७ चैत। नेपाल पत्रकार महासंघ दाङ शाखाको अध्यक्षमा दुर्गालाल केसी निर्वाचित भएका छन् । उनले निकटतम प्रतिद्धन्दी लक्ष्मी आचार्यलाई ११ मतअन्तरले पछि पार्दै निर्वाचन जितेका हुन् । केसीले १३५ मत प्राप्त गरेका थिए,भने आचार्यले १२४ मत प्राप्त गरेकी थिइन् ।

महासंघको दाङ शाखाको इतिहासमा यस पटक महिला पहिलो पटक नेतृत्वको लागि प्रतिस्पर्धामा उत्रिएको अवस्था थियो । हाल केसी कान्तिपुर दैनिकमा कार्यरत छन् । उनी नेपाल प्रेस चौतारीको तर्फबाट चुनावी मैदानमा उत्रिएका थिए, भने आचार्यले प्रेस संगठनको तर्फबाट मैदानमा उत्रिएकी थिइन् ।

केसीलाई राप्रपा, बिप्लव लगाएतका संगठनको साथ थियो, भने आचार्य प्रेस सेन्टरको तर्फबाट नेपाल प्रेस यूनियन लगाएतका संगठनहरुको समीकरणमा मैदानमा उत्रिएकी थिइन् ।

दाङ शाखामा २ सय ७७ मतदाता रहेकोमा २ सय ६३ मात्र मत खसेको थियो । केसी प्यानलबाट २ जना सहसचिवले जितेका छन्, भने आचार्य प्यानलबाट प्रेस युनियनका ४ जनाले जितेका छन् । जसमा उपाध्यक्षमा सन्तोष सुवेदी, बसुन्धरा गौतम, सचिवमा आएके सितल, कोषाध्यक्षमा शरद रेग्मीले जितेका हुन् ।

केसी प्यालनबाट खुल्ला सहसचिव र समाबेशी सहसचिवमा प्रेस चौतारीका विजयी भएका छन् । लुम्बिनी प्रदेशमा प्रेस चौतारीले दाङमा मात्रै अध्यक्ष जितेको छ ।

त्यस्तै सदस्यतर्फ आचार्य प्यालनबाट गिरीराज नेपाली, अञ्जना चौधरी, उमा भण्डारी, दुःख हरण यादव, विवेक खड्का, उदय विसी, कुलदिप न्यौपाने, जीवन नेपाली, दिपक बोहरा, यमकला भुषाल, सन्तोष केसी, प्रेम तिवारी र शिवराज गौतम विजयी भएका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);