सुनसरी पत्रकार महासंघमा गठबन्धनका जनकऋषि राई विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख १३ २०८१, बिहीबार

सुनसरी पत्रकार महासंघमा गठबन्धनका जनकऋषि राई विजयी

सुनसरी, २७ चैत । नेपाल पत्रकार महासंघ सुनसरीमा जनकऋषि राई विजयी भएका छन् ।

शनिबार सम्पन्न महासंघको निर्वाचनमा प्रेस युनियन र प्रेस सेन्टर गठबन्धनका साझा उम्मेद्वार राईले प्रधानमन्त्री केपी शर्मा ओली निकट प्रेस चौतारीका सन्तोष काफ्लेलाई पराजित गर्दै विजयी भएका हुन् ।

राईले काफ्लेलाई झण्डै दोब्बर मतान्तरले पराजित गरे । विजयी राईले १ सय २३ मत पाउँदा वर्तमान कार्य समितिका उपाध्यक्ष रहेका काफ्लेले ६५ मत मात्र पाए ।

निर्वाचित राई महासंघको एक कार्यकाल उपाध्यक्ष भइसकेका व्यक्ति हुन् । राईले आफ्नो कार्यकालमा महासंघलाई व्यवसायिक पत्रकारहरुको साझा संस्थाको रुपमा विकास गर्ने, पत्रकारहरुको व्यवसायिक दक्षता अभिबृद्धिकालागि सीपमुलक तालिमको व्यवस्था गर्ने, जिल्लामा कार्यरत पत्रकार तथा उनीहरुको परिवारका लागि निःशुल्क स्वास्थ्य उपचारको व्यवस्थापनका लागि स्थानीय तहसँग समन्वय गर्ने लगायतका एजेण्डाहरु अगाडी सारेका छन् ।

सुनसरी महासंघमा अध्यक्षका लागि चार जनाको उम्मेद्वारी थियो । युनियनकै दुई जना सचिन पोखरेल र सुविद गुरागाईंले बागी उम्मेद्वारी दिएका थिए । उनीहरुले क्रमशः ४५ र १० मत पाए ।

उपाध्यक्षमा युनियन गठबन्धनका गणेश निरौलाले १ सय ४२ मत पाउँदा महिला उपाध्यक्षमा उषाकिरण भट्टराईले एक सय मत प्राप्त गरिन् । उनको निकटतम प्रतिद्वन्द्वी मनिता चाम्लिङले ५३ मत प्राप्त गरिन् । महिला उपाध्यक्ष पदकालागि ४ जनाको उम्मेद्वारी थियो । अन्य २ जना सन्जु राई र रञ्जना पौडेलले क्रमशः ४५ र ४३ मत पाए ।

सुनसरी महासंघमा सचिव पदमा तीन जनाको उम्मेद्वारी परेकोमा ध्रुब ढकाल विजयी भएका छन् । उनले आफ्ना निकटतम प्रतिद्वन्द्वी दिनेश गजमेरलाई ८४ मतले पराजित गरे । ढकालले १ सय ४८ मत पाउँदा गजमेरले ६४ मत मात्र पाए । सचिव पदमै बागी उम्मेद्वारी दिएका भरतराज शर्मा गोपालले ३१ मत प्राप्त गरे ।

यता सह–सचिवमा तिर्थ कार्की र विकल रेग्मीले बराबर मत पाए । उनीहरु दुवैले समान १ सय १५ मत पाएका छन् । सह–सचिव समावेशीमा भोला श्रेष्ठले १ सय ४२ मत ल्याउँदै विजयी भए । कोषाध्यक्षमा अजित झा १ सय ३१ मतले विजयी भए ।

महासंघको सदस्यहरुमा संगम विष्ट, सुस्मिता राई, विबेक रेग्मी, बिगेन्द्र शाह, शान्ता निरौला, शुक्रान्त राई, देबिका चाम्लिङ, पारस चाम्लिङ, मिकाइल आलम, सुविन विश्वकर्मा, आरबी कटुवाल विजयी भएका छन् । सदस्य मध्ये मिकाइल आलम निर्विरोध विजयी भएका हुन् ।

सुनसरीमा २ सय ६२ मतदाता मध्ये २ सय ४८ जनाले मतदान गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);