पत्रकार महासंघ झापा जिल्ला अध्यक्षमा गिरी निर्वाचित | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

पत्रकार महासंघ झापा जिल्ला अध्यक्षमा गिरी निर्वाचित

उत्तम रिजाल

झापा, २६ चैत। नेपाल पत्रकार महासंघ झापाको अध्यक्षमा प्रेस युनियन नेतृत्वको संयुक्त प्यानलका एकराज गिरी निर्वाचित भएका छन् ।

उनले प्रेस चौतारीका विशाल नेम्बाङ्ग र तीर्थ सिग्देललाई पराजित गरे । गिरीले कुल खसेको २ सय ५६ मतमध्ये एक सय ५५ प्राप्त गरे भने प्रधानमन्त्री ओली निकट चौतारीका नेम्बाङ्गले ७४ र माधव निकट चौतारीका सिग्देलले २६ मत प्राप्त गरे ।

गिरी प्रेस युनियन नेतृत्वको संयुक्त प्यानलबाट उठेका थिए । झापामा गिरी प्यानलले दब्दबा कायम गरेको छ । उपाध्यक्षमा सोहि प्यानलका केशव भट्टराई निर्वाचित भएका छन् । उनले एक सय ३१ म्त प्राप्त गरेभने उनका निकटतम प्रतिद्धन्द्धी गोपाल झापालीले ९६ र हिमाल खरेलले २६ मत प्राप्त गरे ।

त्यस्तै महिला उपाध्यक्षमा गिरी प्यानलकै सुशीला संग्रौला निर्वाचित भइन् । उनले एक सय ४० मत प्राप्त गरिन भने उनको निकटतम प्रतिद्धन्द्धी चौतारीकी सावित्रा दाहालले एक सय ७ मत प्राप्त गरिन् ।

त्यस्तै सचिवमा पनि गिरी नेतृत्वकै डिकेश लामा निर्वाचित भए । उनले एक सय २८ मत प्राप्त गरेभने उनका निकटतम प्रतिद्धन्दी सुब्रत न्यौपानेले ९९ र प्रेम कुमार आचार्यले २५ मत प्राप्त गरे । सह–सचिव खुल्लामा राजु पाठक निर्वाचित भए । उनले चौतारीका विनोद सापकोटालाई पराजित गरे । पाठकले एक सय ५५ र सापकोटाले ९२ मत प्राप्त गरे ।

समावेशी सह–सचिवमा अर्जुन राजवंशी निर्वाचित भए । उनले एक सय ७२ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्धन्द्धी देशराज नेम्बाङ्गले ७३ मत प्राप्त गरे । त्यस्तै कोषाध्यक्षमा गिरी प्यानलकै रन्जित प्रसाई विजयी भए । उनले एक सय ३३ मत प्राप्त गरे भने उनका निकटतम प्रतिद्धन्द्धी रमेश तिवारीले एक सय १५ मत प्राप्त गरे ।

सदस्यहरुमा मनिषा चम्लागाई, विनोद पाण्डे, चिरन्जीवी घिमिरे, सुष्मा राजवंशी, होमप्रसाद अधिकारी, द्रोण अधिकारी, रन्जित परियार, राजन साम्पाङ, अच्युतराज सुवेदी, अनिल वाग्ले र सुनिरा मैनाली निर्वाचित भएका छन् ।

त्यस्तै केन्द्रीय परिषद् सदस्यका लागि ४ जना उमेद्धारमध्ये प्रेस युनियन नेतृत्वका दुई जना र प्रेस चौतारीका एक जना निर्वाचित भएका छन् । निर्वाचित हुनेमा कृष्ण हुमागाई, ज्ञानेन्द्र निरौला र गोपाल काफ्ले छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका पूर्व प्रेस संयोजक चेतन अधिकारी भने पराजित भए । झापामा २ सय ६३ मतदातामध्ये २ सय ५६ जनाले मतदान गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);