सल्यान शाखाको अध्यक्षमा नवीन पौडेल विजयी | ईमाउण्टेन समाचार

Our Network

जेठ १ २०८१, मंगलबार

सल्यान शाखाको अध्यक्षमा नवीन पौडेल विजयी

चैत २६, सल्यान । नेपाल पत्रकार महासंघ सल्यान शाखाको नयाँ कार्यसमिति चयनको लागी बुधबार भएको निर्वाचन बाट सल्यान शाखाको अध्यक्षमा नवीन पौडेल विजयी भएका छन ।निकटतम प्रतिद्वन्द्वी मिना बुढाथोकीलाई १ मतले पछि पार्दै उनी विजयी भएका हुन । पौडेलले कुल खसेको ८७ मत मध्ये ४४ मत हासिल गरेका थिए भने बुढाथोकीले ४३ मत प्राप्त गरेकी थिइन ।

यस्तै उपाध्यक्षमा शंकर केसी, महिला उपाध्यक्षमा सरिता चलाउने, सचीव टिकाराम भण्डारी (दिप सागर), सहसचिव खुल्ला आशिष केसी, सहसचिव समाबेशी बुद्धिमान पुन, कोषाध्यक्ष शिवलाल डाँगी खुला सदस्यहरू पदम गिरी, अमृत बुढाथोकी, भरत देवकोटा, संजिव श्रवण देवकोटा, महेश कुमार वली, महिला सदस्यमा मेघा रेउले, जनजाती सदस्यमा हरि प्रकाश पुन, दलित सदस्य खेमराज स्वर्णकार र अन्य समावेशि सदस्यमा गोपाल शर्मा लगाएको कार्यसमिति निर्वाचित भएको छ ।

बुधबार अपरान्ह ५ः३० बजेबाट सुरु गरेको गणना राती ९ः३० बजे सार्वजनिक गरिएको मत परिणममा ९२ जना मतदाता रहेकोमा ८७ जनाले मतदान गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);