लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्षमा कृष्णहरि भण्डारी विजयी | ईमाउण्टेन समाचार

Our Network

वैशाख ८ २०८१, शनिबार

विजय नेपाल/पोखरा, २९ असोज । लेखनाथ उद्योग वाणिज्य संघमा कृष्णहरि भण्डारी विजयी भएका छन् । संघको ११ औं महाधिवेशनअन्तर्गत शनिबार भएको मतदानमा अध्यक्षका प्रत्यासी इञ्जिनियर वसन्तमोहन भट्टराईलाई ५ सय ७ को फराकिलो मतअन्तरले पराजित गर्दै वर्तमान प्रथम उपाध्यक्ष रहेका भण्डारी विजयी भएका हुन्।

निर्वाचनमा एक हजार एक सय ५७ मत खसेकोमा आइतबार बिहान सवा ३ बजेमात्र मतगणना सकिएको निर्वाचन आयुक्त अधिवक्ता खगेन्द्रराज आचार्यले जानकारी दिए। उनका अनुसार अध्यक्षमा विजयी भण्डारीले ८ सय २४ र भट्टराईले ३ सय १७ मत प्राप्त गरेका छन्।

वरिष्ठ उपाध्यक्षमा वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष बलराम ढकाल ६ सय ६५ मतका साथ विजयी भएका छन्। उनका प्रतिष्पर्धी गीतादेवी सुवेदीले ४ सय ५० मत प्राप्त गरेकी छन्। यस्तै, प्रथम उपाध्यक्षमा वर्तमान महासचिव छत्रधर आत्रेय ८ सय ४२ मत प्राप्त गरी विजयी हुँदा मेजर रामप्रसाद गुरुङले २ सय ६७ मत प्राप्त गरे भने द्वितीय उपाध्यक्षमा विनोदकुमार श्रेष्ठले ७ सय १८ मतसहित विजयी हुँदा प्रत्यासी दयाराम तिवारीको पक्षमा मात्र ४ सय ८ मत परेको छ।

महासचिवमा भरतकुमार अधिकारी झिनो मतअन्तरले विजयी हुन सफल भए। यसैगरी, उपमहासचिवमा गोपिचन्द्र बास्तोला र कोषाध्यक्षमा राजेन्द्र ओझा विजयी भए। दुई महिला सदस्य पदमा जानुका अधिकारी र राधा सापकोटा तथा सदस्यमा उपेन्द्रराज सुवेदी राजु , रामजी पौडेल, मेनुका श्रेष्ठ, भरतराज ओझा, सरोजराज अधिकारी), भीमबहादुर नेपाली काईला, शिवप्रसाद भण्डारी र भट्टराई प्यानलका धीरजकुमार श्रेष्ठ विजयी भए।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);