होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा रामप्रसाद | ईमाउण्टेन समाचार

Our Network

वैशाख १४ २०८१, शुक्रबार

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा रामप्रसाद

रुपन्देही, १८ फागुन । होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीको अध्यक्षमा रामप्रसाद गौतम निर्वाचित भएका छन् । सोमबार सम्पन्न २० औं वार्षिक साधारणसभा तथा १० औं अधिवेशनबाट ३ सय ४९ मत ल्याएर गौतम विजयी भएका हुन् ।

गौतमका प्रतिद्धन्द्धी जीवन प्रसाद श्रेष्ठले २ सय ९४ मत ल्याएको निर्वाचन समितिले जनाएको छ । यसैगरि वरिष्ठ उपाध्यक्षमा बाबुराम गौतम, प्रथम उपाध्यक्षमा लेखनाथ भण्डारी, द्धितिय उपाध्यक्षमा रोमाकान्त पाण्डे, महासचिवमा माधवकुमार खनाल र कोषाध्यक्षमा टंक पराजुली विजयी भएका छन्।

८ सय ५० मतदाता रहेकोमा ७ सय ५ मत खसेको थियो । यो पटक काँग्रेस र नेकपा दाहाल–नेपाल पक्ष निकटका व्यवसायी एकातिर तथा नेकपा ओली समूहका व्यवसायी अर्काे समूहमा विभाजित भएर चुनावी मैदानमा उत्रेका थिए ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);