बारमा वाम वचस्व | ईमाउण्टेन समाचार

Our Network

वैशाख ७ २०८१, शुक्रबार

बारमा वाम वचस्व

काठमाडौं, २२ चैत । नेपाल बार एशोसिएसनमा सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट कानून व्यवसायी विजयी भएका छन् । २५ सदस्यीय कार्यसमितिमा अध्यक्ष सहित २३ जना प्रगतिशिल समुह निर्वा्चित भएको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।

३ वर्षे कार्यकालको २५ सदस्यीय कार्यसमितिमा वाम–प्रगतिशिल समुहले अध्यक्ष सहित ७ उपाध्यक्ष, कोषाध्यक्ष र १४ सदस्य निर्वा्चित भएका छन् ।

विहीवार अपरान्ह्र सार्वजनिक भएको मत परिणाम अनुसार प्रगतिशिल समुहका चन्डेश्वर श्रेष्ठ ४ हजार २२ मतका साथ अध्यक्षमा विजयी हुनु भएको छ । उहाँका निकटतम प्रतिद्धन्द्धी लोकतान्त्रिक समुहका सुनिल पोखरेलले ३ हजार ८ सय ७३ मत प्राप्त गरे ।

महासचिव र प्रदेश ५ को उपाध्यक्षमा भने लोकतान्त्रिक समुहले जितेको छ । लोकतान्त्रिक समुहका लीलामणि पौडेल ४ हजार १ सय ७८ मतका साथ महासचिवमा विजयी भएका छन् भने उनका प्रतिद्धन्द्धी प्रगतिशिलका सुरेन्द्र बहादुर थापाले ३ हजार ७ सय १ मत पाएका  छन् । प्रदेश ५को उपाध्यक्षमा सुनिल कुमार श्रेष्ठ ३ हजार ९ सय ८६ मतका साथ विजयी भएका छन् । उनका प्रतिस्पर्धी प्रगतिशिलका लिलाधर मरासिनीले ३ हजार ८ सय ५७ मत प्राप्त गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);