बैंक नहुँदा स्थानीयलाई सास्ती | ईमाउण्टेन समाचार

Our Network

वैशाख ११ २०८१, मंगलबार

रुकुम, २८ असोज । राष्ट्र बैंकले सबै स्थानीय तहमा तत्काल एक÷एक वटा बैंक शाखा खोल्न निर्देशन दिए पनि पूर्वीरुकुम जिल्लाभर नै एउटामात्र बैंक शाखा खोलिएको छ ।

पूर्वीरुकुमको सदरमुकाम रहेको रुकुमकोटमा केही महिनाअघि प्रभु बैंकले शाखा खोलेको छ भने सिस्ने, भुमे र पुथा उत्तरगंगा गाउँपालिका बैंकविहीन छन् । बैंक नहुँदा पूर्वीरुकुमका रन्माकोट, तकसेरा, कोल राङ्सी लगायत क्षेत्रका बासिन्दालाई बैंकिङ सेवा लिन दुई दिनको पैदल यात्रा गर्नुपर्ने बाध्यता छ ।

त्यस्तै, सरकारी बैंक नहुँदा पूर्वीरुकुमका धेरै सरकारी कार्यालयले पश्चिम रुकुमको सदरमुकाममा रहेको नेपाल बैंक लिमिटेड, मुसिकोटबाट सेवा लिइरहेका छन् ।

 

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);